केपी ओली कप: सुदूरपश्चिमको टोली घोषणा

पोखरामा जारी केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा कप्तान राजुसंगै उपकप्तान नारायण जोशी,अन्य सदस्यहरूमा खडक बोहरा, वसन्त सिंह कार्की,वसन्त खत्री,आयुब चन्द, किरण कुमार ठगुन्ना, गजेन्द्र बोहरा, विकास आग्री,सुरज तिरूवा,अभिषेक पाल,नरेन्द्र साउँद ,कैलाश ऐर र भोजराज भट्ट रहेका छन् ।

यस्तै भरत चन्द, विरेन्द्र बम,सुशील रावल,खगेन्द्र जोशी वैकल्पिक खेलाडीका रूपमा छनौट भएका छन्। मंसिर २ गतेदेखि क्यानमा आवद्ध प्रदेशका ८ जिल्लाका २६ खेलाडीको बन्द प्रशिक्षणपछि टोली घोषणा गरिएको जनाएको छ।

टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका अनुभवी खेलाडी र युवाहरूको वर्चस्व रहेकाले राम्रो नतिजा ल्याउने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले बताउनुभयो। सुदूरपश्चिम प्रदेश प्रतियोगिताको समूह ‘सी’ मा रहेको छ। समूह ‘सी’ मा सुदूरपश्चिमसंगै नेपाल पुलिस क्लब र मधेस प्रदेश रहेका छन् ।

सुदूरपश्चिमले मङ्सिर ११ गते पहिलो खेल मधेस प्रदेशसँग रहेको छ ।

No description available.

Leave A Reply

Your email address will not be published.