धामीको निर्देशनमा “कर्ली कर्ली कपाल” गितको भिडियो सार्वजनीक

बैतडी: पछिल्लो समय म्यूजीक भिडियो निर्देशनमा ब्यस्त छन् निर्देशक सुर्य प्रकाश धामी। बैतडीको सिगास घर भएका धामीले डडेल्धुरा सदरमुकाममा आफ्नै डिफ्युज फिल्ड स्टुडीयो तथा डान्स ग्रुप सञ्चालन गरेका छन।

नृत्य सिकाउदैं आईरहेका धामी पछिल्ल्लो समय म्यूजीक भिडियो निर्देशनमा ब्यस्त रहेका छन। एकपछि अर्को गितको भिडियो निर्देशन गरिरहेका धामीको निर्देशनमा फेरी अर्को भिडियो सार्वजनीक भएको छ।

बसन्त अफिसियल यूटूब च्यानलबाट धामीको निर्देशनमा कर्ली कर्ली कपाल बोलको गित भिडियोसहित सार्वजनीक भएको छ। भिडियोमा शिवराज चुनारा र जान्सी सिनालले सुन्दर अभिनय गरेका छन।

बसन्त सफल र लक्ष्मी नेपालीको स्वरमा रहेको गितमा सुनिल प्रकाश सिंहको शब्द तथा भुवन प्रकाश बडुको लय रहेको छ। बिग परिबेश रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गितका अडियो सम्पादक रिजन बडु हुन भने म्यूजिक एरेन्ज पनि भुवन प्रकाश बडुले गरेका हुन।

भिडियोमा आफुले सकेको मेहनत गरेको निर्देशक धामीले बताएका छन। भिडियो खिच्नेदेखी लिएर सम्पादन समेत गरेका धामीले भिडियो हेरी आवश्यक सल्लाह सुझाव दिन आग्रह गरेका छन।

भिडियोको कथा गायक समेत रहेका सफलको रहेको छ। भिडियोमा बाल कलाकारको रुपमा प्रिन्स विक र सुङ्निमा विकले अभिनय गरेका छन। यसैगरी भिडियोमा लक्ष्मण सुनार, अर्जुन सुनार र अरुणा सुनारको अभिनय समेत देख्न सकिन्छ।

निर्देशक धामीले यस्तै यस्तै भिडियोहरु निमार्ण गर्न परेमा सम्पर्क गर्न समेत आग्रह गरेका छन। निर्देशक धामी कुशल नृत्य सिकाउनेदेखी लिएर भिडियो छायाकंन र सम्पादन आफै गर्छन। निर्देशक धामीले स्वयंम आफुले समेत कयौं म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोस्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!