बैतडीमा एमाले एकमत भएर ओलीको पक्षमा छ: पूर्व मन्त्री भण्डारी 

बैतडी : आज नेकपा एमाले बैतडीले र्यालीसहित जनसभा सम्पन्न गरेको छ। नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा बैतडी सदरमुकाम गोठलापानीमा जनसभा सम्पन्न गरेको हो। 

No description available.

विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमालेले सदरमुकाममा जनसभाको आयोजना गरेको हो। संविधान र लोकतन्त्रको  रक्षाका लागि जनसभाको आयोजना गरिएको एमाले बैतडीले जनाएको छ। 

No description available.

बैतडी सदरमुकाममा केन्द्रीय सदस्यहरु समेतको सहभागितामा र्यालीसहित जनसभाको आयोजना गरिएको हो।  जनसभामा केन्द्रीय सदस्यद्वय दामोदर भण्डारी र लिलाधर भट्ट, सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल, जिल्ला कमिटि अध्यक्ष नरेश विकसहित विभिन्न तहका पार्टी पदाधिकारी तथा कार्यकर्ताको सहभागिता थियो। 

No description available.

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दामोदर भण्डारीले बैतडीमा एमालले जितेका पालिकाहरुमा समस्या खडा गर्न खोजिएको आरोप लगाएका छन। सभामा बोल्दै सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका लगायत एमालेले जितेका पालिकाहरुमा घेराबन्दी गर्न खोजिएको उनले बताए। सुर्नयामा गरिएको तालाबन्दीले एमालेको शक्तिलाई नरोक्ने उनले बताए। उनले भने, ‘एमालेले जितेका पालिकाहरु सुर्नया, दशरथचन्दमा समस्या खडा गर्न खोजिएको छ। हामीले हेरिरहेका छौं। एमाले जागृत भइसकेको छ ।एमालेको यत्रो शक्तिलाई तालाबन्दीले रोक्न सक्दैन्।’

एमालेको नेतृत्व केपी ओलीले गर्ने बताउँदै उनले ओलीलाई एमालेको महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनाउने उद्दघोष गरे। बैतडी जिल्लाबाट एकमत भएर पार्टी ओलीको पक्षमा रहेको उनले दोहर्याए। 

भदौ २३ र २४ मा भएको घटनाका बिषयमा पूर्व मन्त्री भण्डारीले देशलाई कसले, कसरी सत्यनाश गर्यो भन्ने कुरा जगजाहेर रहेको बताए। जेनजी आवरणमा देशलाई बर्बाद पार्ने तत्व हाबी भएको उनले बताए। 

जनताको मनमनमा एमाले रहेको बताउँदै भण्डारीले एमाले राष्ट्रवादी शक्ति भएको बताए। पूर्व मन्त्री भण्डारीले संसद पुनस्र्थापना गरेर संविधान संशोधन गरेर सर्वपक्षीय सरकारले निर्वाचन गर्नुपर्ने बताए। अहिलेको सरकारले निर्वाचनको वातावरण नै बनाउन नसकेको उनले दाबी गरे। एमाले कुनै पनि निर्वाचनबाट पछि नहट्ने बताउँदै उनले निर्वाचनको वातावरण बन्नुपर्नेमा जोड दिए।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!