बैतडी-सदरमुकाम नजिक एक पुरुष मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका ४ बबेतका ४० वर्षिय कपिल जोशी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार जोशी शनिबार उक्त ठाउँमा मृत फेला परेका हुन् । शुक्रबार घरबाट निस्केका जोशी घर नफर्के पछि खोजतलास गर्ने क्रममा बबेत नजिकै रहेको घोरोटो बाटो बाट करिब १० मिटर तल शव फेला पारेको प्रहरीको भनाई छ। घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।