नेपाली कम्युनिष्ट पार्टीले बैतडीमा सन्देश सभाको आयोजना गर्ने

बैतडी: नेपाली कम्युनिष्ट पार्टीले आगामी पौष ५ गते बैतडीमा सन्देश सभाको आयोजना गर्ने भएको छ। विभिन्न कम्युनिष्ट पार्टीहरुबीच एकता भएपछि त्यसको बिषयमा जनतालाई जानकारी गराउन सन्देश सभाको आयोजना गर्न लागिएको नेपाली कम्युनिष्ट पार्टीका नेता शंकर भण्डारीले बताउनुभयो।

बुधबार बैतडीको पाटनमा सम्पन्न भएको तयारी बैठकले नेता परमानन्द भट्टको संयोजकत्वमा सभा आयोजना मूल समिति गठन गरेको छ। उक्त समितिले सभाका लागि आवश्यक पर्ने सबै काम गर्ने भण्डारीले बताए। सन्देश सभामा नेकपाका नेता भीम रावल, भानुभक्त जोशी, खगराज भट्ट लगायतको सहभागिता रहने जनाइएको छ।

पार्टीहरुबीच एकता भएर नयाँ पार्टी निर्माण भएकाले एकताको सन्देश दिने र नेकपाको उद्देश्यका बारेमा आम नागरिकलाई जानकारी दिन सन्देश सभाको आयोजना गर्न लागिएको भण्डारीले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.