आजदेखि मौसममा क्रमिक सुधार आउने भएको छ। देशका धेरै ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज केही ठाउँमा बदली भएपनि त्यो दिन भर नरहने र धेरै ठाउँमा घाम लाग्नेछ। हिजो कतैकतै छिटपुट वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो। बदलीसहित केही ठाउँमा वर्षा र हिमपात गराएको प्रणाली कमजोर भइसकेको मौसमविद्ले बताएका छन्।
तर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज पनि बागमती र गण्डकी प्रदेशलगायत पहाडी र हिमाली क्षेत्रमा बिहान बादल लागेको छ। आज दिउँसोसम्म तराइ क्षेत्रका केही ठाउँमा हुस्सु तथा कुहिरो कायमै रहनेछ। यो महिना माघलागेयता देशका पश्चिम र उच्च क्षेत्रमा तेस्रो पटक हिमपात र वर्षा भएको हो।