मेलौलीमा भालुको आक्रमणवाट एक महिला घाइते

बैतडी-जंगली भालुको आक्रमणबाट बैतडीको मेलौली नगरपालिकामा एक महिला गम्भीर घाइते भएकी छन् ।मेलौली नगरपालिका–४ तितावै तालकी ३५ वर्षीया सुनिता चन्दलाई सोमबार बिहान भालुले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक सुरज सिंहका अनुसार खानेपानीको पाइपमा पानी नआएले पानीको मुहान हेर्न जादा पानीको मुहान चमसाल नपुग्दै भालुले आक्रमण गरेको थियो ।घाईतकोे अवस्था मध्यम रहेको र उनलाई उपचारको लागी धनगढी लगिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.