‘हाम्रो दाजु बैंगलोरमा बिल्डर’ गीत सार्वजनिक

बैतडी-नेपाली संगीत क्षेत्रमा नयाँ देउडा गीत ‘हाम्रो दाजु बैंगलोरमा बिल्डर’ सार्वजनिक भएको छ। गीत परेली पी को प्रस्तुतिमा सार्वजनिक गरिएको हो।

गीतका रचनाकार तथा संगीतकार नन्दराम पार्की रहेका छन्।भने गीतको रेकर्डिङ तथा मिक्सिङको जिम्मेवारी भुवन प्रकाश बडूले गरेका छन् यस्तै गीतमा ब्याकग्राउन्ड भोकल पनि बडूकै रहेको छ। गीतको स्टुडियो प्रोड्युसरका रूपमा नन्दराम पार्की रहेका छन्।

परदेशमा रहेका नेपालीको जीवन, श्रम र संघर्षलाई समेटिएको गीतले रोजगारीका लागि भारतको बैंगलोर पुगेका नेपालीको कथालाई सांगीतिक रूपमा प्रस्तुत गरेको जनाइएको छ। गीतले नेपाली समाजमा वैदेशिक रोजगारीले पारेको प्रभाव र परदेशमा रहेका आफन्त प्रतिको भावनालाई समेत उजागर गर्ने प्रयास गरेको छ।

Leave A Reply

Your email address will not be published.