देउडा गीत ‘हाइ चुल्टी नजर तेरी’ सार्वजनिक

बैतडी-देउडा गायक हरि राम पार्की ‘हरपल’को नयाँ डेउडा गीत ‘हाइ चुल्टी नजर तेरी’ सार्वजनिक भएको छ।

केएस थलोको दोस्रो यात्रा अन्तर्गत हरि राम पार्की ‘हरपल’को तेस्रो प्रस्तुतिका रूपमा गीत सार्वजनिक गरिएको हो। गीतमा हरि राम पार्की ‘हरपल’ र गायिका गौरी भट्टको स्वर रहेको छ।

गीतमा राइटर दयालको शब्द, हिरा सिंह भाट ‘तिर्सना’को लय तथा भुवन प्रकाश बडुको एरेन्ज रहेको छ। गीतको रेकर्ड तथा मिक्सिङ रिजेन बडुले गरेका छन भने गीत बिग एचडी परिवेश स्टुडियोमा रेकर्ड गरिएको निर्माण गायक हरि राम पार्की ‘हरपल’ले बताए ।

डेउडा संगीत प्रति रुचि राख्ने दर्शक तथा श्रोतामाझ मौलिक डेउडा सिर्जना प्रस्तुत गर्ने उद्देश्यले गीत सार्वजनिक गरिएको गायक पार्कीले बताए। उहाँले गीतमार्फत डेउडा प्रेमी तथा शुभचिन्तकबाट माया, साथ र हौसलाको अपेक्षा गर्नुभएको छ।

गीत सुन्नका लागी

Leave A Reply

Your email address will not be published.