शिवनाथ -५ उदयदेव कफाडी मन्दिरमा जात्रा कात्तिक २ र ३ गते 

बैतडी -बैतडीको शिवनाथ गाउँपालिका–५ कफाडी स्थित उदयदेव मन्दिरमा कात्तिक २ र ३ गते जात्रा हुने भएको छ।

उदयदेव मन्दिरमा दशैँको समयमा पशुबलि सहित जात्रा हुने गरेको छ । हाअष्ठमीका दिन राँगा बाँधिने र महानवमीका दिन राँगाको बलि सहित जात्रा मनाउने चलन रही आएको छ ।

मन्दिरमा लाग्ने जात्रालाई भव्य र सभ्य रुपमा मनाउन मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको उदयदेव माहाराज धार्मीक सेवा समितिका अध्यक्ष हजारी चन्दले बताए ।

जात्रामा दर्शन तथा पूजाआजाका लागि विभिन्न स्थानबाट भक्तजन आउने भएकाले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै जात्रालाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न समितिले सबैमा आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.