सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै डिफेन्डिङ च्याम्पियन लुम्बिनी फाइनलमा

सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाएको छ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । जीतसँगै लुम्बिनी लगातार दोस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ।

पराजित सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर छ । दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

एलिमिनेटरमा भोलि काठमाण्डौ गोर्खाज र चितवन राइनोजबीच बेलुका ५ बजे प्रतिस्पर्धा हुनेछ ।

Leave A Reply

Your email address will not be published.