डडेल्धुराको नवदुर्गा गाउँपालिकामा अध्यक्षकप खुला पुरुष भलिबल प्रतियोगिता सुरु

डडेल्धुरा-डडेल्धुराको नवदुर्गा गाउँपालिकामा पालिकाको आयोजनामा पालिका स्तरिय खुला पुरुष भलिबल प्रतियोगिता बिहीबार देखि सुरु भएको छ । नवदुर्गा गाउँपालिका वडा नं १ मा रहेको चोरा खेलमैदानमा सञ्चालन भईरहेको प्रतियोगिताको उद्धघाटन कार्यक्रम आयोजना गरिएको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समुन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारी प्रमुख अतिथी रहेकोमा गाउँपालिका उपाध्यक्ष निर्मला बोगटी बिष्ट बिशिष्ट अतिथी रहेकि थिईन । खेलकुद क्षेत्रलाई प्रतिष्पर्धा, अनुशासन तथा सामाजिक एकताका रुपमा हेरिंदै पालिकाले अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारि दिए ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमले रु २लाख २ हजार २२ रुपिंया नगद, द्धितिय हुने टिमले रु १ लाख ५१ हजार ५१ र तृतीय हुने टिमले ७७ हजार ७ सय ७ रुंपैया नगद पुरस्कार प्राप्त गर्ने आयोजक नवदुर्गा गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने छ ।

Leave A Reply

Your email address will not be published.