एसिया कप : श्रीलङ्काले अफगानिस्तानलाई दियो २ सय ९२ रनको लक्ष्य

काठमाण्डौ – एसिया कप क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई २ सय ९२ रनको लक्ष्य दिएको छ ।

लाहोरको गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९१ रन बनायो । श्रीलङ्काका लागि कुशल मेन्डिसले सर्वाधिक ९२ रन बनाए । यस्तै पथुम निसन्काले ४१, चरिथ असलन्काले ३६, दुनिथ वेलालेगले नटआउट ३३, दिमुथ करुनारत्नेले ३२ र महीश थीकशनाले २८ रन बनाए । बलिङतर्फ अफगानिस्तानका गुलबदिन नइबले ४ र राशिद खानले २ विकेट लिए ।

यो खेलले समूह ुबीु बाट ुसुपर फोरु मा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । श्रीलङ्का जिते मात्रै पनि ुसुपर फोरु मा पुग्नेछ भने अफगानिस्तानले ३७ ओभर १ बलमा दुई सय ९२ रन बनाउनुपर्ने हुन्छ । यो समूहबाट बङ्गलादेश यसअघि नै ुसुपर फोरु मा पुगिसकेको छ । यस्तै समूह ुएु बाट पाकिस्तान र भारत ुसुपर फोरु मा पुगेका छन् ।

ुसुपर फोरु का खेल भोलि बुधवारदेखि हुनेछ । फाइनल खेल सेप्टेम्बर १७ तारिखमा हुनेछ ।

Leave A Reply

Your email address will not be published.