तेस्रो एकदिवसीयमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई एक सय ८१ रनले हरायो

इङ्ल्यान्डले तेस्रो एकदिवसीयमा न्युजिल्यान्डलाई एक सय ८१ रनले पराजित गरेको छ।

इङ्ल्यान्डले दिएको तीन सय ६९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३९ ओभरमा एक सय ८७ रन बनाएर अलआउट भयो । यसअघि द ओभलमा न्युजिल्यान्डले टस जितेपछि ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४८ ओभर एक बलमा तीन सय ६८ रन बनाएर अल आउट भयो ।

चार खेलको शृङ्खलामा पहिलो एकदिवसीय न्युजिल्यान्डले र दोस्रो इङ्ल्यान्डले जितेका थिए । यसअघि भएको चार खेलको टी–२० शृङ्खला दुई–दुईको बराबरीमा सकिएको थियो ।

Leave A Reply

Your email address will not be published.