१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। नेपालले आफ्नो पहिलो खेलमा बेलुका साढे ५ बजे पाकिस्तानसँग खेल्न लागेको हो। यो खेल दशरथ रङ्गशालामा हुनेछ।
नेपालले यो खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तान छन्। त्यस्तै, समूह ‘बी’ मा भारत, भुटान र बङ्लादेश छन्। नेपालले पहिलो संस्करण सन् २०१५ मा भारतलाई हराउँदै उपाधि जितेको थियो ।
त्यस्तै, सन् २०१७ मा पनि उपाधि जितेको थियो। आज हुने अर्को खेलमा साविक विजेता भारत र बङ्लादेशबीच दशरथ रङ्गशालामा दिउँसो साढे १ बजे खेल हुनेछ। भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो।