गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि बैतडीमा १५ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

बैतडी । गुणस्तरीय स्वास्थ्य सेवाका लागि १५ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी गरिएको छ। स्वास्थ्य कार्यालयले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा सामूहिक प्रतिबद्धता पत्र जारी गरिएको हो 

जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको सहभागितामा सामूहिक प्रतिबद्धता पत्र तयार पारिएको र यसले गुणस्तरीय स्वास्थ्य सेवा प्रदानमा सहज हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

स्वास्थ्य कार्यालयले जारी गरेको प्रतिबद्धता पत्रमा स्वास्थ्य संस्थाहरुको आवश्यकता अनुसार कर्मचारी खटनपटनदेखि लिएर बार्षिक प्रतिवेदन प्रकाशन गर्ने सम्मका कुरा अटाएका छन्।

यस्तै स्थानीय तहका स्वास्थ्य शाखाहरुले स्वास्थ्य सम्बन्धी नीति नियमावली, निर्देशिका र कार्यविधि बनाइ त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। स्थानीयस्तरमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरुलाई नियमन गरिने कुरा समेत उल्लेख गरिएको छ ।

यस्तै स्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाहरुबीच एकआपसमा समन्वय गरी अघि बढ्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। स्थानीय तहहरुका मासिक बैठकमा स्वास्थ्य कार्यालयबाट अनिवार्य उपस्थिती रहने र त्यसका लागि समन्वय गरिने उल्लेख गरिएको छ।

स्वास्थ्य संस्थाहरुबाट तालिम प्राप्त जनशक्तिको अभिलेख राख्ने, स्थानीय तहमा एकीकृत अनुगमन टोली बनाउने लगायतका कुराहरु प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। पूर्वाधार र जनशक्ति भएको स्वास्थ्य संस्थाबाट चौबिसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउने कुरा पनि उल्लेख गरिएको छ।

प्रतिबद्धता पत्र अनुसार १० ओटै स्थानीय तहमा स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्ने र यसले नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन सहयोग पुग्ने स्वास्थ्य प्रमुख भट्टले बताए।

No description available.

No description available.

Leave A Reply

Your email address will not be published.