डडेल्धुराको अजयमेरु गाउँपालिकाले डाक्टर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

बैतडी-डडेल्धुराको अजयमेरु गाउँपालिकाले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई यसवर्ष पनि छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०र०८१ को स्वीकृत कार्यक्रमअन्तर्गत एमबिबिएस अध्ययन गर्ने एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको हो ।

गाउँपालिकाले सूचना जारी गर्दै छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाद्धारा हस्ताक्षरित सूचनाममा चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबिबिएस प्रवेश परीक्षा उत्तिर्ण भई एमबिबिएस अध्ययनरत अजयमेरु गाउँपालिकाका स्थायी बासिन्दालाई छात्रवृत्ति प्रदान गर्न लागिएको उल्लेख छ । गाउँपालिकाले गत वर्ष पनि एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।

Leave A Reply

Your email address will not be published.