डडेल्धुरा- डडेल्धुराका ओमप्रकाश पन्त करातेको अन्तराष्ट्रिय प्रशिक्षक बनेका छन् । एसियन कराते फेडेरेसनले लिएको अन्तराष्ट्रिय प्रशिक्षकको परीक्षामा उत्तिर्ण हुँदै पन्त अन्तराष्ट्रिय प्रशिक्षक बनेका हुन् । जिल्लाको अमजमेरु गाउँपालिका–६ कानाकोटमा जन्मेका ३५ वर्षीय पन्त २०६२ सालबाट खेलकुद क्षेत्रमा सक्रिय छन् ।
उनी अजयमेरु गाउँपालिकाको मुख्य खेलकुद प्रशिक्षक पनि हुन् । सानैदेखिको अन्तराष्ट्रिय कोच बन्ने सपना पूरा भएपछि उनले खुसी व्यक्त गरे । अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले पनि पन्त अजयमेरुको सान भएको भन्दै बधाई ज्ञापन गरेका छन् ।