बिडिसिए कप क्रिकेट: निङलाशैनी र महामाया भिड्दै

बैतडी-बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा आज समूह बी को दोस्रो खेल भइरहेको छ।जसमा निङलाशैनी क्रिकेट क्लब९एनसीसी०,देहिमाडौं र महामाया क्रिकेट क्लब,दुर्गाभवानी भिड्दैछन्।दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा महामायाले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

यसअघि पहिलो खेल जितेको निङलाशैनी यो खेल जित्दै सेमिफाइनलमा सुरक्षित हुन लक्ष्यमा छ। पहिलो खेल खेलिरहेको महामाया पनि अन्तिम चारमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्नेछ ।समूह ए बाट यसअघि एनआरवाइसी टिम सेमिफाइनलमा पुगिसकेको छ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ।

प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो ।यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।

विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताउनुभयो।प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
यसअघि १९ औं संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो ।

Leave A Reply

Your email address will not be published.