मेलौली भगवती जात्रामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २५६ जनाले सेवा लिए

बैतडी-बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लागेको जात्राका अवसरमा शहिद लछी राजपुत दयाल स्मृति प्रतिष्ठान मेलौली, बैतडीद्वारा सञ्चालित दुईदिने निःशुल्क स्वास्थ्य शिविर तथा पिउने पानी सेवा भव्य रूपमा सम्पन्न भएको छ।

जात्रामा आउने श्रद्धालु भक्तजनलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट २५६ जनाले स्वास्थ्य सेवा लिएको अध्यक्ष जीत दयालले जानकारी दिए।

शिविर सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिने आयोजक टोली, स्वास्थ्यकर्मी, स्वयंसेवक, सहयोगी, शुभेच्छुक तथा सम्पूर्ण सहयोगी हातहरूप्रति अध्यक्ष दयालले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।

उहाँले सबैको अथक परिश्रम, निःस्वार्थ सेवाभाव, अनुशासन र आपसी समन्वयका कारण शिविर प्रभावकारी रूपमा सञ्चालन गर्न सम्भव भएको बताए ।

श्रद्धालु भक्तजनको स्वास्थ्य सेवामा समर्पित मानवीय कार्यमा सहयोग गर्ने सबैको योगदान प्रशंसनीय रहेको उहाँको भनाइ छ।

आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने र यस्ता कार्यमा सबैको साथ, सहयोग तथा प्रेरणा रहने अपेक्षा गरिएको अध्यक्ष दयालले बताए ।

Leave A Reply

Your email address will not be published.