सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजनीतिक सल्लाहकारमा डाक्टर जितेन्द्र उपाध्याय नियुक्त भएका छन्।
मुख्यमन्त्री शाहले बुधबारदेखि लागु हुने गरी उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि २०८१ को दफा ३ को उपदफा १ (क) बमोजिम उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरिएको मुख्यमन्त्री शाहले बताए।
टीकापुर नगरपालिका–१, घर भएका उपाध्याय हाल क्यानडा बस्दै आएका छन्।
