देशमा सामाजिक अपराधजन्य घटना बढेको प्रहरीको तथ्याङ्क

देशमा सामाजिक अपराधजन्य घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ। चालू आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० विश्व अधिकारीले अपराधजन्य घटना बढेको जानकारी गराउनुभएको हो।

प्रहरीको तथ्याङ्कअनुसार दैनिक औसतमा एक सय ६२ वटा मुद्दा दर्ता हुने गरेको छ। जसमा आत्महत्याका २० र जबरजस्ती करणीका सात वटा मुद्दा हुने गरेका छन्। चालू आर्थिक वर्षको पहिलो चार महिनामा कर्तव्य ज्यानसम्बन्धी एक सय ९३ वटा मुद्दा दर्ता भएका छन्। गएको वर्ष यही अवधिमा एक सय ९२ वटा मुद्दा दर्ता भएका थिए।

त्यस्तै जबरजस्ती करणीमा कात्तिक मसान्तसम्म आठ सय २३ वटा मुद्दा दर्ता भएका छन्। गएको आर्थिक वर्षमा आठ सय नौ वटा मुद्दा दर्ता भएका थिए। सङ्गठित अपराधमा गएको वर्ष पाँच वटा मुद्दा परेकोमा यस वर्ष ३९ वटा मुद्दा दर्ता भएका छन्। लागूऔषधसम्बन्धी मुद्दा गएको आर्थिक वर्षको पहिलो चौमासिकमा एक हजार तीन सय ६९ रहेकोमा अहिले बढेर एक हजार ६ सय १९ पुगेको छ।

सामाजिक र आर्थिक अपराध कम गर्नका लागि प्रहरीले देशभर सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.