आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्छ : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताउनुभएको छ। सोमबार काठमाडौंमा कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताउनुभएको हो।

नेता सिटौलाले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी गर्नुभयो। उहाँले अहिलेको अभियान २०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गर्नुभयो। उहाँले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न कांग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जसरअपजस लिनुपर्ने बताउनुभयो।

नेता सिटौलाले राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि गरेका संघर्षहरु जनतामाझ पु¥याउनुपर्ने बताउनुभयो। जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम गर्न बाँकी रहेको बताउनुभयो।

नेता सिटौलाले नेपाली कांग्रेस पार्टीले गर्न नसके अरु कुनैपनि राजनीतिक दलले जनताको हितमा काम गर्न नसक्ने बताउनुभयो।

Leave A Reply

Your email address will not be published.