आज सुनको भाउ कति छ?

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ। सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन। आज चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Leave A Reply

Your email address will not be published.