कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान आज पनि

सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा हिजोदेखि बयान शुरू भएको छ ।

लामिछानेसँग हिजो न्यायाधीश नितिज राईले तीन घण्टा बयान लिनुभएको हो । बयानमा लामिछानेले अभियोगपत्रमा भनेजस्तो सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर अभियोगमा हिजो उहाँको बयान नसकिएकाले आज पनि बयान लिइने अदालतले जनाएको छ ।

यसअघि गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईको बयान सकिएको छ भने राम बहादुर खनाल, कृष्ण बहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान लिन बाँकी छ ।

सूर्यदर्शन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सबैको बयान सकिएपछि मात्रै थुनछेक बहस हुने अदालतले जनाएको छ ।

Comments are closed.