‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति आपत्ति

‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ।

प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले विज्ञप्ती निकालेर काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई अपहेलित गर्नेरगराउने कार्य तत्काल रोक्न माग गर्नुभएको छ।

प्रतिष्ठानले संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूमाथि कारबाहीको माग पनि गरेको छ।

सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आशीर्वाद लिने कार्यलाई ढोग दिने भनिन्छ। हालै सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘ढोग दिया’ शब्दले चर्चा पाएको थियो ।

Leave A Reply

Your email address will not be published.