हुम्ला: ८ वर्षको तथ्याङ्क, सवारी दुर्घटनामा २४ जनाको मृत्यु 

हुम्लामा ८ वर्षको अवधिमा २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। ८ वर्षको अवधिमा १५ वटा सवारी दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको हो। यो अवधिमा दुर्घटनामा परी २७ जना गम्भीर घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले दिएको जनाकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा १६ जना पुरुष,५ जना र ३ जना बालबालिका रहेका छन्। आर्थिक वर्ष ०७४/०७५ मा १ जना पुरुषको सवारी दुर्घटना ज्यान गएको छ भने एक जना पुरुष गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष ०७५/०७६ मा ट्रयाक्टर दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ ।

आर्थिक वर्ष ०७६/०७७ मा ५ जना पुरुष र १ जना महिलाले ज्यान गुमाएका छन । यस्तै ०७७/०७८ मा ३ जना पुरुष र २ जना महिलाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् ।

०७८/७९ मा १ जना बालकले ज्यान गुमाएका छन् । ०७९/०८० मा १ जना पुरुषले ज्यान गुमाएका छन भने २ जना गम्भीर घाइते भएका छन । ०८०/०८१ म २ जना पुरुष १ जना महिला १ जना बालकले ज्यान गुमाएका छन् ।

०८१र०८२ मा ३ जना पुरुष १ महिला २ जना बालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको तथ्याङ्कमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.