पञ्चेश्वरमा कक्षा ८ र ५ का उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारको घोषणा

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकामा कक्षा ८ र  ५  को वार्षिक परीक्षामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई आगामी वर्ष नगद पुरस्कार प्रदान गरिने भएको छ। पञ्चेश्वर–४, निङ्लाडका समाजसेवी नरेन्द्र चन्द(डङखेत)ले उक्त पुरस्कारको घोषणा गरेका हुन्।

हाल रोजगारीका सिलसिलामा विदेश रहेका चन्दले शिक्षामा सुधार ल्याउने र विद्यार्थीलाई अध्ययनप्रति प्रेरित गर्ने तथा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले नगद पुरस्कार प्रदान गर्ने निर्णय लिएको बताउनुभयो । उनले यस विषयमा गाउँपालिका को शिक्षा शाखा प्रमुखलाई पनि जानकारी गराइसकेको उल्लेख गरे।

नरेन्द्र चन्द सामाजिक सेवामा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले अघिल्लो शैक्षिक सत्र २०८० मा पनि रायपुर आधारभूत विद्यालयको वार्षिक परीक्षामा विद्यालय प्रथम हुने विद्यार्थीलाई पुरस्कृत गरेका थिए।भने शैक्षिक शत्र २०८१ मा पािलकाभरीमा कक्षा ८ का प्रथम द्धितिय र तृतियलाई पुरस्कृत गरेका थिए । यस्तै वडा स्तरमा कक्षा ५ मा प्रथम,द्धितिय र तृतियलाई हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गर्नुभएको थियो ।आगामी दिनमा पनि यस्ता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

चन्दको यो योगदानले पञ्चेश्वरका विद्यार्थीलाई अझै राम्रो पढ्न हौसला प्रदान गर्ने विश्वास गरिएको छ। स्थानीय अभिभावक तथा शिक्षकहरूले शिक्षामा सहयोग पुर्याउने उनको पहलको प्रशंसा गरेका छन्।

Leave A Reply

Your email address will not be published.