बैतडीको मेलौलीमा नेकपा एमालेको पालिकास्तरीय जागरण सभा सम्पन्न

बैतडीमा नेकपा एमालेले पालिकास्तरीय जागरण सभा अभियान सञ्चालन गरिरहेको छ। आम स्थानीयबासीमा सद्भाव जगाउन, संविधानको रक्षा गर्नको लागि पालिकास्तरीय जागरण अभिायन सञ्चालन गरिरहेको हो।

जिल्लाका प्रत्येक पालिकामा जागरण सभा अभियान सञ्चालन गरिरहँदा शनिबार भने मेलौलीमा सम्पन्न भएको छ। नेकपा एमाले मेलौली नगर कमिटी अध्यक्ष भिम दत्त भट्टको अध्यक्षतामा नगरस्तरीय जागरण सभा तथा पाटिको नगरकमिटी बैठक सम्पन्न भएको हो।

जागरण सभाले वर्तमान राजनितिक परिस्तिथिको बारेमा जनतामाझ प्रष्ट पार्दै लोकतन्त्रको रक्षाको लागि कदम अघि बढाउने उदेश्य राखेको एमाले प्रदेश कमिटी सदस्य तथा मेलौली ईन्चार्ज बलभद्र दयालले बताउनुभयो। कार्तिक २९ गते जिल्ला सदरमुकाममा जागरण सभाको आयोजना गर्ने निर्णय भएकाले सोहि अनुरुप जिल्लाका प्रत्येक पालिकामा जागरण सभा सञ्चालन भईरहेको जानकारी दिनुभयो।

मेलौलीमा सम्पन्न नगरस्तरीय जागरण सभाका प्रमुख अतिथि निवर्तमान उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी रहनु भएको थियो। कार्यक्रममा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट, पाटि प्रदेश सल्लाहकार परिषद सदस्य एवं पञ्चश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द, नेकपा एमाले जिल्ला सचिव हजारी साउद, जिल्ला सचिवालय सदस्य जगदिश सिह नायक, पालिका कमिटिका पदाधिकारी लगायतको सहभागिता थियो।

May be an image of one or more people and Saqsaywaman

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!