बैतडी: नेकपा एमाले बैतडीले कार्तिक २९ गते बैतडी सदरमुकाममा बृहत जागरण र्याली गर्ने भएको छ। देसमा भैरहेको अस्थिरता र राष्ट्र बिरोधी गतिविधिलाई चुनौती गर्न उक्त र्याली गर्न लागिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य तपेन्द्र बिष्टले बताउनुभयो।
यस्तै आज नेकपा एमाले मेलौली नगरकमिटीले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै पुर्व मन्त्री दामोदर भण्डारिले देसलाई गृहयुद्ध तिर धकेल्न खोजिएको भन्दै यस्तो अवस्थामा देसलाई निकास दिनसक्ने शक्ति नेकपा एमाले सङ्ग मात्र रहेको उहाले बताउनुभयो। अस्थिरताबादीहरुले देसमा केही पनि नभएको भन्दै युवाहरुमा निरासा फैलाएको र देस र राष्ट्रका सम्पती धोस्त गर्न युवाहरुलाई भड्काएको पुर्वमन्त्री भन्डारिले आरोप लगाउनुभयो।
यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य लिलाधर भट्टले एमालेको प्रयासमा बैतडीमा पटक-पटक करोडौं बजेट आएको तर, अरु राजनीतिक दलहरुले नेतृत्वमा पुग्दा सुक्को बाच्न नसकेको आरोप लगाउनुभयो। तल्लो स्वराडमा पाटन-पन्चेश्वर सडक, मणिलेक नमुना माबी, विद्युतिकरणका लागि आवश्यक बजेट ब्यवस्थापन, दर्जनौ खानेपानी, विभिन्न सडक, पुर्वाधार लगायत एमालेको नेतृत्वमा थुप्रै कामहरु भएको नेता भट्टले बताउनुभयो।
पुर्व प्रदेस सांसद समेत रहेका भट्टले आफू निर्वाचित हुदा बैतडिमा सबैभन्दा बढी काम भएको र अहिले एउटा पालिकामा एउटा योजना समेत पार्न नसकेको उहाँले स्पष्ट पार्नुभयो। साथै उहाले २९ गतेको जागरण र्यालिमा सहभागी हुन सबैलाई आह्वान समेत गर्नुभएको छ।