आज सुनको भाउ तोलाको २ लाख ५२ हजार २ सय रुपैयाँ पुग्यो

सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाउ बढेसँगै तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ५० हजार छ सय रुपैयाँ थियो।

यस्तै आज चाँदीको भाउ पनि तोलामा एक सय ४५ रुपैयाँ बढेको छ। चाँदी आज एक सय ४५ रुपैयाँले बढेर तोलाको तीन हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार तीन सय ४५ रुपैयाँ थियो।

Leave A Reply

Your email address will not be published.