चुनावमा भाग लिन अहिलेसम्म १०८ वटा दल दर्ता

निर्वाचन आयोगले चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेअनुसार आज अन्तिम दिन रहेको छ। आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय गएको मंसिर १ देखि १० गतेसम्म तोकेकोमा थप चार दिन थप गरेको थियो।

थपिएको अवधि आज अन्तिम हो। त्यसअनुसार अस्ति शुक्रवारसम्म चुनावमा भाग लिन आयोगमा दर्ता भएका दलहरुको सङ्ख्या एक सय आठ वटा पुगेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव प्रयोजनका लागि दर्ता हुने दलको सङ्ख्या कांग्रेस, एमालेसहित एक सय आठ वटा पुगेको छ। आज पनि केही दल थपिन सक्ने अनुमान छ। दर्ता भएका दलहरुले आउँदो फागुन २१ का लागि तोकिएको चुनावमा भाग लिन पाउनेछन्।

Leave A Reply

Your email address will not be published.