आज विश्व एड्स दिवस : नेपालमा ३४ हजारभन्दा धेरै एचआईभी संक्रमित

आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ। राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित छन्।

केन्द्रका अनुसार १ सय २७ जना गर्भवती महिला सङ्क्रमित भएको अनुमान गरिएको छ। दैनिक एक जनाको एचआइभीका कारण ज्यान जाने गरेको छ। सरकारी तथ्याङ्क अनुसार कूल सङ्क्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन्।

१५ वर्षभन्दा माथिका एचआइभी सङ्क्रमित पुरुषको सङ्ख्या १९ हजार २ सय ७९ र १४ हजार जना महिला छन्। एक हजार ५८ जना एचआइभी संक्रमित बालबालिका छन्। असुरक्षित यौनसम्पर्क, एचआइभी सङ्क्रमित रगतको प्रयोग, रगतबाट बनेका पदार्थ तथा अङ्ग लिँदा, सुईको साझा प्रयोग, सङ्क्रमित आमाबाट बच्चामा एचआइभी सर्न सक्ने भएकाले सचेतना अपनाउन डाक्टरको सुझाव छ।

Leave A Reply

Your email address will not be published.