१९ वर्षमुनिको एशियन प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ।
खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ। अस्ति मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो। मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७ ओभर ५ बलमा एक विकेटको क्षतिमा पूरा गरेको थियो।
त्यस्तै, ओमानलाई पराजित गर्दै यूएई फाइनलमा पुगेको हो। १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुने छ। फाइनलमा पुगेका नेपाल र यूएई दुवै टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भइसकेका छन्।