म कहाँ बाट सुरुवात कविता

म कहाँ बाट शुरूवात गरु
म कहाँ बाट शुरूवात गरु
मेरो जीवनको वर्णन गर्न
जीवन यात्राको लक्ष्य सम्म पुग्न

मेरो यो दुनियाँमा तिमि सँग नाता जोडे
भगवानको सृष्टि यो संसारमा रमाउदै हिडे
तिमी आयौ सबै कुरा सिकायौ
यी भाग्यमानी दिनहरुमा तिमी देखियौ

बिहानिको ताजा सितमा चम्केको फूल जस्तै भयो
एक क्षणमा जिन्दगी परिवर्तन भयो
मेरो बितेको प्रत्येक पलहरु तिमी सँग बाडछु
मेरि माया जसको काखमा म निदाउछु

तिमी मेरि परि हौ तिमिलाई थाहा हुनुपर्छ
तिमी बाट मेरो हृदय खुलेको छ
नजिक भएर होला तिम्रो मुटु मेरो छातीमा धडकिन्छ
तिम्रो प्रेमले मलाई पुर्ण बनाएको छ

हाम्रो प्रेम जीवन हो हामी बलिया रुख हौ
जुन सधै बढने छ हामी महसुस गर्ने छौ

लेखक : गोबिन्द राज ओझा (राजन )

Leave A Reply

Your email address will not be published.