बैतडीका बेपत्ता पदम सकुशल फेला

बैतडी: बेपत्ता भएको बैतडीको पाटन नगरपालिका –१० का १८ बर्षीय पदमसिंह महरा सकुशल फेला परेका छन्। शनिबार राति साढे आठ बजेदेखि बेपत्ता रहेका महरा सोमबार बिहान पाटन नगरपालिका–८ आरुबाटा भन्ने स्थानमा फेला परेका हुन्।

सोमबार बिहान स्थानीय धनसिंह महराको घरमा पानी माग्न भनेर पदम आएपछि उनको घरपरिवारलाई खबर गरिएको थियो। पदम सुस्त मनस्थिती भएका व्यक्ति भएकाले उनी बेपत्ता भएपछि परिवार चिन्तामा परेको थियो।

शनिबार रातिदेखि नै बेपत्ता पदमको खोजी कार्य भइरहेको र आज फेला परेका उनका बुवा रामसिंह महराले बताए।

Leave A Reply

Your email address will not be published.