आज संसद् सेवा दिवस मनाईंदै

आज सङ्घीय संसद् सेवा दिवस मनाईंदैछ। निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाउने गरिन्छ। २०५८ सालमा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो।

सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ  नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ। संसदीय अभ्यासलाई थप प्रभावकारी र मर्यादित बनाउन तथा कानुन निर्माण प्रक्रियामा दिवसको महत्त्व छ।

दिवसको अवसरमा सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्नुभएको छ। यस्तै उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत् नै शासन सञ्चालन हुने अवस्था स्थापित गर्न साझा प्रतिबद्धताको आवश्यकता रहेकोमा जोड दिनुभएको छ।

Leave A Reply

Your email address will not be published.