रास्वपा समानुपातिक बन्दसूची: सुदूरपश्चिमका ८ जिल्लाबाट छैनन् उम्मेदवार, कञ्चनपुरबाट २ जना

प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिम प्रदेशका ८ जिल्लाबाट एकजना पनि उम्मेदवार राखिएको छैन। सुदूरपश्चिम प्रदेशका ९ मध्ये कञ्चनपुरबाट रास्वपाको समानुपातिक सूचीमा २ जनालाई बन्दसूचीमा राखिएको छ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक बन्दसूचीमा कञ्चनपुरबाट खसआर्य महिलाको पहिलो नम्बरमा प्रतिभा रावल र थारु पुरुष क्लस्टरबाट कञ्चनपुरकै सोमप्रसाद चौधरीलाई उम्मेदवार बनाइएको छ।

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीबाट एकजनालाई पनि रास्वपाले समानुपातिकको बन्दसूचीमा राखेको छैन। दार्चुला, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा र बैतडीबाट पनि रास्वपाको समानुपातिक बन्दसूचीमा परेका छैनन्।

यसअघि २०७९ को प्रतिनिधिसभामा रास्वपाले २१ सिट जित्दा पनि सुदूरपश्चिमका एकजना पनि सांसद थिएनन्। यसपटक समानुपातिकमा सुदूरपश्चिमका ९ मध्ये ८ जिल्लाबाट एउटा पनि समानुपातिक सूचीमा सिफारिस गरिएको छैन।

कान्तिपुरबाट

Leave A Reply

Your email address will not be published.