बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले हातहतियार बुझाउन आग्रह गरेको छ। एक सुचना जारी गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हातहतियार बुझाउन आग्रह गरेको हो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो। यहि माघ २० गतेसम्म बुझाईसक्न आग्रह गरिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिभिन्न ब्यक्तिका नाममा रहेका ईजाजत प्राप्त हातहतियार र गोलिगठ्ठा बुझाउनुपर्ने जनाईएको छ। आफ्नो नजिकको प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा हातहतियार बुझाउनु सकिनेछ। हातहतियार बुझाउदा अनिवार्य रुपमा भरपाई रसिद लिनुपर्ने छ।
बुझाईएका हतियार चैत २० गतेपछि फिर्ता गरिने जनाईएको छ। हतियार फिर्तालिदा बुझाउदा लिएको भरपाई रसिद पेस गर्नुपर्ने बताईएको छ।
