आज फेब्रुअरी १४ तारिख। भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस। युवापुस्ताले यो दिवसलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन्।
पश्चिमी देशहरुमा मनाउने गरिएको प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि मनाउने गरिएको छ। आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले शहरबजारमा मात्रै नभएर गाउँघरमा पनि प्रणय दिवसको चर्चा हुन थालेको छ।
आजको दिन रातो गुलाफ र विभिन्न उपहार आदानप्रदान गरिने भएकाले ती बस्तुको कारोबार उच्च हुन्छ। भ्यालेन्टाइन डे को शुरूआत सन् २६९ मा इटालीको रोमनबाट प्रारम्भ भएको मानिन्छ। प्रेमका लागि भ्यालेन्टाइनको बलिदानको सम्मानमा भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो।
सप्ताहभर मनाउने यो दिवसको अवसरमा नेपालमा झन्डै साढे चार लाख स्टिक गुलाफ फूलको कारोबार हुने व्यवसायीको अनुमान छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० का अनुसार मागको ३० प्रतिशत मात्रै स्वदेशी उत्पादन छ। अरु ७० प्रतिशत आयातमा निर्भर छ। अपुग गुलाफ भारतबाट आयात हुने गरेको फ्यानमा अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले बताउनुभयो।