आज देशका उच्च पहाडी र हिमाली एकरदुई ठाउँमा हल्कावर्षा र हिमपातको सम्भावना छ। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसोसम्म तराइ भागका केही ठाउँमा कुहिरो कायमै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।