आजको मौसम : तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने

तराई भूभागका केही ठाउँहरूमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशमा सामान्यतया बादल लागेको छ भने देशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। पछिल्लो चौबीस घण्टामा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का वर्षा तथा हिमपात भएको छ।

आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। आज राति तराई भूभागका थोरै ठाउँमा तुँवालो लाग्ने अनुमान गरिएको छ।

साथै, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य ठाउँमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

Leave A Reply

Your email address will not be published.