बैतडीः सोमेश्वर माध्यमिक विद्यालय पञ्चेश्वर गाउँपालिका–०३ मड् बैतडीको ६६ औँ वार्षिकोत्सव र अभिभावक दिवस समारोह सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिन बहादुर चन्दको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष बिना भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको हो।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर चन्दले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका शैक्षिक र बाह्य गतिविधिहरूको समिक्षा गर्नुभयो। उहाँले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको समर्पणको कदर गर्दै आगामी वर्षहरूमा अझ राम्रो प्रगति र समृद्धिका लागि सबैलाई एकजुट भएर काम गर्न आह्वान गर्नुभयो।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरुको आयोजना गरिएको थियो। जसमा विद्यार्थीहरूले नृत्य, गीत, नाटक र अन्य सांस्कृतिक प्रस्तुतीमार्फत विद्यालयको सांस्कृतिक धरोहरलाई प्रस्तुत गरेको विद्यालयले जनाएको छ।