नेपालमा चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा बङ्गलादेशका प्रधानमन्त्री रहमानको बधाई

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा प्रतिनिधिसभा सदस्य चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली नागरिकलाई बधाई दिनुभएको छ।

प्रधानमन्त्री रहमानले शुभकामना सन्देशमार्फत नेपालको लोकतान्त्रिक अभ्यासको प्रशंसा गर्नुभयो। यो चुनावले नेपाली नागरिकको आकाङ्क्षा, धैर्यता र लोकतान्त्रिक संस्थाहरूको मजबुती झल्काएको उहाँले उल्लेख गर्नुभएको छ। सन्देशमा बङ्गलादेश र नेपालबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा छ।

प्रधानमन्त्री रहमानले आउँदा दिनमा दुई देशबीच व्यापार, विकास तथा क्षेत्रीय सहकार्यका क्षेत्रमा सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभएको छ। बङ्गलादेशमा पनि सन् २०२४ मा विद्यार्थी आन्दोलन भएको थियो। आन्दोलनपछि गएको माघमा भएको चुनावमा बङ्गलादेश नेशनलिस्ट पार्टी ९बीएनपी० ले बहुमत ल्याएपछि बीएनपीका अध्यक्ष रहमान प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई फोन गरेर बधाई दिनुभएको थियो।

Leave A Reply

Your email address will not be published.