बैतडीको मेलौलीमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन हुँदै

बैतडी-बैतडीको मेलौलीमा नगरपालिकामा १६ गते बुधबार शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन हुने भएको छ ।

नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र, HRDC बनेपा काभ्रेपलाञ्चोकको सहकार्यमा शारीरिक अपाङ्गता भएका १८ वर्षमुनिका बालबालिका र व्यक्तिहरूको निःशुल्क स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविर सञ्चालन हुने भएको हो ।

शिविर बैशाख १६ गते बुधबार मेलौली नगरपालिका ७ स्थित केशरपुर प्रथामिक स्वास्थ्य केन्द्रमा बिहान ९ बजेबाट सञ्चालन हुने भएको छ।

शिविरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र÷बाहिर फर्केको, खुट्टालुलो र कमजोर भएको हाड जोर्नी तथा नसा रोग लगायतका रोगहरुको परिक्षण गरिने छ । शिविरमा कृत्रिम अङ्ग र सहायक उपकरणहरुको आवश्यकता भएकाहरुलाई निशुल्क उपकरण बितरण गरिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.