बैतडी-बैतडीको मेलौली नगरपालिका–९ असुर चोराका प्रकाश लुहार गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएपछि परिवारले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको छ।
वीरराम लुहारका छोरा हिक्वाराम लुहारका भतिजा प्रकाशको नाकमा मासु पलाउने र नाकबाट पटक पटक रगत बग्ने समस्या देखिएको छ। साथै उहाँको एउटा खुट्टा समेत चलाउन नसक्ने अवस्था रहेको परिवारले जनाएको छ।
उपचारका लागि सुरुमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि चितवन रिफर गरिएको थियो। हाल उहाँ धनगढी–३ स्थित केयरटेकर अस्पताल प्रा.लिमा उपचाररत रहनुभएको छ। उक्त अस्पतालबाट समेत थप उपचारका लागि भारतको बरेली रिफर गरिएको परिवारले जनाएको छ।
तर, परिवारको आर्थिक अवस्था कमजोर हुँदा थप उपचारका लागि आवश्यक रकम जुटाउन समस्या भएको छ। उपचारमा संलग्न दुई वृद्ध दम्पतीलाई दैनिक खानपिन तथा अस्पतालको सामान्य खर्च व्यवस्थापन गर्नसमेत कठिन भइरहेको बताइएको छ।
आर्थिक अभावकै कारण उपचारमा समस्या भएपछि परिवारले देश तथा विदेशमा रहेका नेपाली, आफन्त, समाजसेवी, व्यवसायी तथा सहयोगी मनहरूलाई आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरिदिन अपिल गरेको छ।
सहयोग गर्न चाहनेले नेपालबाट महेन्द्र भट्ट (भीम) को नाममा रहेको कुमारी बैंक, मेलौली शाखाको खातामा वा ईसेवा नम्बर ९८६९९११३२१ मा रकम पठाउन सक्नेछन्। त्यस्तै भारतबाट महेश सिंह महराको PhonePe नम्बर +91 99717 09056 तथा UPI ID edymahesh8-2@okaxis मार्फत सहयोग गर्न सकिने जनाइएको छ।
प्रकाशको उपचारका लागि सहयोग गर्न अपिल गर्दै वीरराम लुहार (वीर) ले सहयोग गर्न नसक्नेहरूले समेत अपिललाई सामाजिक सञ्जाल मार्फत सेयर गरी सहयोगी मनहरूसम्म पुर्याइदिन आग्रह गर्नुभएको छ।