बैतडी-शिवनाथ गाउँपालिकामा क्षयरोग पहिचानका लागि खोजपड्ताल कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाकाको वडा न १,र ५ मा क्षयरोग खोजपड्ताल तथा स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न हो ।
स्वास्थ्य सेवा केन्द्रहरुको आयोजनामा तथा गाउँपालिकाको आर्थिक वर्ष २०८२र०८३ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार समुदायमा क्षयरोगका विरामी लुकेर रहेको हुन सक्ने भएकोले समुदायमै गएर खोजपड्ताल गर्दा पत्ता लगाउन सकिने हुनाले यस कार्यक्रमको आयोजना गरिएको उदयदेव आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख खकेन्द्र सिंह महताले बताए ।
उक्त कार्यक्रममा नागरिकहरुलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुको साथै नागरिकको खकार नमूना संकलन गरिएको र सबै नमूनाको परीक्षण गरी नागरिकलाई नतिजा उपलब्ध गराइने नागार्जुन आधारभुत स्वास्थ्य सेवा केन्दका प्रमुख जीवन सिंह साउँदले बताए ।