बैतडी -बैतडीको शिवनाथ गाउँपालिका–६ हिरापुर माद्यमिक विद्यालयको छानो हावाहुरीले उडाएको छ । शिवनाथ गाउँपालिकाको वडा न ६ मा पर्ने बसेडीभ्वाँमा आज परेको असिना पानीले विद्यालयको २ काठे भवनको जस्तापाताको छाना हुरीले क्षति पुगेको शिक्षक अशोक चन्दले बताए ।
कक्षा १०सम्मको पठनपाठन हुने उक्त विद्यालयमा करिब २०० विद्यार्थी अध्ययनरत छन् । छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठाको अभाव भएको उनले बताए ।