दार्चुलामा एक जना मृत फेला

दार्चुला –दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन् ।जिल्लाको व्याँस गाउँपालिका–६ बडूगाउँका ५८ बर्षीय सुनादत्त बडू मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

बुधबार घर नजिकैको जंगलमा गोठालो गएका बडू बेलुकासम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा घरदेखि १ कि।मी। टाढा बुधबार राति मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.