दुर्गम बस्तीकाे झुपडीमा जन्मिएका डाक्टर

सुदूरपश्चिम प्रदेशकाे अति बिकट बस्तीका रुपमा रहेकाे डडेल्धुराकाे परशुराम ११ पातलगाउँ ।

जहाँ छरिएकाे बस्ती छ, टाढा-टाढाकाे दुरिमा सुनसान जङ्गल भित्र कतै खर त कतै जस्ता पाताले छाएका केही झुपडी/सामान्य घर छन ।

परशुरामकाे सदरमुकाम जाेगबुडाबाट झण्डै २३ किलाेमिटरकाे दुरीमा रहेकाे उक्त बस्तीकाे एक झुपडीमा एक जना डाक्टर (जनस्वास्थ्य अधिकृत) जन्म भएकाे छ, भन्दा जाे काेहि लाई अपत्यारिलो लाग्न सक्छ ।

हाे, करिब १ सय बर्ष पहिले बागलुङ हुदै दैलेखबाट डडेल्धुराकाे परशुराम ११, पातल गाउँमा प्रकाशका वुवा छबिलाल घिमिरेका पुर्खा परिवार बसाइँ सरेर पातल गाउँमा पुग्छन।

वरिपरि भरिभराउ जङ्गल भित्र सुन्दर गाउँ, जल ,जमिन र जङ्गल (चरन) प्रसस्त भएको पातल गाउ उनको पहिलाे राेजाइमा पर्छ ।

जल, जमिन र जङ्गलकाे सुबिधा देखि दैलेखबाट पातलगाउँ बसाइँ सरेकाे घिमिरे परिवार ,कृषि र पशु( बाख्रा पालन) ब्यवसायमा दैनिकी बित्छ ।

समयको माग अनुसार पातलगाउमा सुदुरपश्चिमका पहाडी जिल्लाबाट उत्पादन,खडेरी,भाेकमारी बिभिन्न राेगब्याधीको पिडाबाट प्रभावित भई उत्तिसैन, तल्लाेपातल, मल्लाे पातलमा बसाइसरी बिस्तारै मानव बस्ती बिस्तार हुन्छ।

नेपालमा प्रजातन्त्रकाे उदय संगै नागरिक शिक्षा ,स्वास्थ ,गासवास र कपास जस्ता आधारभुत आवस्यकताकाे सुबिधा पाउन थाल्छन र नेपालकाे संविधान २०४७ ले राणा शासन बाट जनतालाई मुक्ति प्रदान हुन्छ ।

तर पातलगाउका नागरिकलाई बिकासकाे अनुभुती हुदैन। बिस्तारै नागरिकलाई बिकासकाे खाचाे हुन्छ र उनिहरुकाे राेजाइमा सबै भन्दा पहिले गाउमा शिक्षा चाहिन्छ ठानी सबैले पातलगाउँमा बिद्यालयकाे स्थापना गर्छन र आफ्ना नानी बाबुलाई स्कुल पढाउछन। पातलगाउँकाे एक झुपडीबाट कयौं अभाव झेल्दै सानै उमेरबाट डाक्टर बन्ने सपना बाेकेका हुन्छन, एक जना दुधेवालक प्रकाश ।

अभाबमा रुमलिएकाे सयुक्त परिवार १ जना बुवा मात्रै सरकारी जागिरे, दिनभर बाख्रा चराउनु , मेलापात, दियालाे र टुकिकाे साहारामा गाउकै बिद्यालयबाट आधारभूत तह उतिर्ण गर्नु उनका सहज थिएन । हरेक कक्षामा प्रथम हुँदै आठ कक्षासम्म पातलमा पढे ।

तर पनि कयौं समस्या चिर्दै उनले डाक्टर बन्ने सम्भावना खाेजेरै छाेडेका थिए। आठ कक्षासम्म गाउँमा पढेपछि नौ र दस कक्षा पढ्न आफ्नो नयाँ घर परशुराम-१०, सालघाडीमा बसेर सिताराम माध्यमिक बिद्यालय कुर्मुल्ले बाट एस एल सि मा आफ्नो ब्याचबाट स्कुल प्रथम भइ आफ्नो नाम दर्ता गरे ।

भनिन्छ हुने बिरुवाकाे चिल्लाे पात- एम बि बि एस पढ्ने सपनाका साथ एस एल सि पछि साइन्स पढ्न धनगढी गए तर प्रवेश परिक्षामा छात्रवृत्तिमा नाम ननिस्किएपछि पैसाको समस्याको कारण सामान्य चिकित्सा हेल्थ असिस्टेन्टको प्रवेश परीक्षा दिए र उक्त परिक्षाको छात्रवृत्तिमा नाम निकाल्न सफल भएपछि शैलेश्वरी फारवेस्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी प्रा.लि. मा एच. ए. संकाय(सामान्य चिकित्सा) मा भर्ना भए। मेहनतको फलस्वरूप उनले हेल्थ असिस्टेन्टको ३ वटै वर्ष विशिष्ट डिभिजनका साथ क्याम्पस टपर भएर पूर्ण छात्रवृत्तिमा पढेर २०७० सालमा हेल्थ असिस्टेन्ट पासआउट भए । तर टपर हुन सजिलो थिएन किनकि आफ्नो क्लासका केही साथिहरु प्लस टु साइन्स र अ.हे.ब. पढेर आएका थिए। सुरु सुरुमा ती साथिहरुसँग तुलना गर्दा आफुलाइ निकै कमजोर लाग्थ्यो। बिस्तारै बिस्तारै बुझ्दै गए, मेहनत गर्दै गएको कुरा सुनाउछन।

पहिले गाउँमा पढेको हुनाले अङ्ग्रेजी माध्यमबाट पढ्नुपर्दा सुरु सुरुमा हेल्थ असिस्टेन्टमा निकै अप्ठ्यारो भएको बताउँछन् । २०७० सालमा हेल्थ असिस्टेन्ट पढाइ सक्ने बित्तिकै लोकसेवाको तयारि गर्न काठमाडौं गए र लगत्तै दिपायलमा लोकसेवा खुलेपछि लोकसेवाको पहिलो प्रयासमा नै अ.हे.ब र हेल्थ असिस्टेन्ट दुवै पदमा नाम निकाल्न सफल भए । त्यसपछि २०७१ सालदेखि हेल्थ असिस्टेन्ट पदमा सिफारिस भइ सरकारी जागिरमा प्रवेश गरेका थिए । अहिले उनि स्तरवृद्दी भई जनस्वास्थ्य अधिकृत पदमा कार्यरत छन।

जाेगबुडा अस्पतालकाे सुचना अधिकारी समेतकाे जिम्मेवारी सम्हालेका प्रकाश मिजासिलाे र परामर्श दाताकाे रुपमा कहलिएका छन ।

सेवा ग्राहिमाझ निकै शान्त र सुशील स्वरमा सब्य भाषामा बाेल्ने घिमिरेकाे ब्यबहारले नै धेरै बिरामीले आफुहरु निकाे हुने गरेकाे सुनाउछन।

अहिले प्रकाश बिबाह बन्धनमा बाधिनु भएको छ भने १ छाेरी र १ छोरा पनि छन। अहिले सम्म केही र कुनै बिवादमा न मुछिनुले पनि उहा एक सबल , सक्षम र दक्ष स्वास्थ्यकर्मीका रुपमा कहलिएका छन ।

Leave A Reply

Your email address will not be published.